बाँकेको पहिलो अष्ट्रिच फर्म, होमस्टेदेखि मनोरञ्जनसम्म

बिधुत्मा रैका,
कोहलपुर, असोज १६,

करिब दिउँसोको १ बजेको थियो । असोज महिना लाग्ने बित्तिकै मानिसहरुमा एक किसिमको रमाईलो अनुभुति हुने गर्छ । चम्किलो घाम । दशैको झझल्को देखाए जस्तो तिहार आए जस्तो । कार्यालयमा सामान्य छलफल पछि बाँके जिल्लामा संचालित एक मात्रै अष्ट्रिच फर्मको रिर्पाेटङि गर्ने कुरा भयो । कपिल अञ्जनाले त्यहाँको लोकेशनको बारेमा जानकारी दिए । बिजयले क्यामेरा ठिक पारे । हामी रिर्पाेटिङका मोटरसाईकलमा त्यता तिर लाग्यौ । कोहलपुर बजारबाट करिब १०/१५ मिनेट उत्तर लागेपछि बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभर चिसापानीमा प्रवेश गर्याै ।

बैजनाथ गाउँपालिका वडा नम्बर १ बाँके जिल्लाको एक सुन्दर वडा हो । यस वडाको प्राकृतिक मनोरममा मन्त्रमुग्ध नहुने सायद बिरलै होलान् । यस वडाको रंगिन प्राकृतिक दृश्य सबैलाई लठ्ठै पारिदिन्छ । प्राकृतिक रंगिन दृश्य देखेपछि कयौं आन्तरिक पर्यटकहरु त्यहाँ पुग्न उत्सुक हुन्छन् । त्यहाँ स्थापित भएका होम स्टेहरुले पर्यटकहरुलाई सहज बनाईदिएको छ । त्यस वडामा यस क्षेत्रकै होमस्टेको प्रचलन बढ्दो छ । स्थानीय पर्यटन प्रर्वद्धनमा यसले राम्रो सघाउ पनि पु¥याइरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्पका रुपमा लिईन्छ ।

हाईवेबाट करिब एक किलोमिटर पूर्व पुग्दा प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा होमस्टेमा पुग्न सकिन्छ । सोही होम स्टेमा सुदूपश्चिम प्रदेशको कञ्चनपुर घर भएका मनिराम जोशीको होमस्टे छ । त्यसो त जोशीको होमस्टको आगनमा पुग्दा छुटै विशेषता पाईन्छ । उनको होमस्टेमा पुग्दा आनन्द नमान्ने कोही छैन । जोशी भन्छन्,–‘होमस्टेमा पुगेका पाहुनालाई हामीले स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचालीद्धारा साक्षतकार गर्छौ । हाम्रो होमस्टेमा आत्मियता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिन्छ ।’

उनको होमस्टेमा कुनै होटलको जस्तो विभिन्न परिकार पाक्दैन । घरमा जस्तो सामान्य खानाले पाहुनालाई स्वागत गरिन्छ । खाने कुरामा सकेसम्म स्थानिय परिकारलाई महत्व दिएका छन् । उनले आफ्नो होमस्टेमा आएका पाहुनालाई आफुले खाइरहेको वा सहजै उपलब्ध हुने खानेकुरा भन्दा पनि स्थानीय स्तरमा उत्पादन हुने, स्थानीय स्तरमा पकाइने परिकारको स्वाद दिने गरेका छन् । होमस्टेमा होटलको जस्तो वातावरण, होटलको जस्तो व्यवहार खोजेर छैन । उनले भने,–‘पारिवारिक रहनसहनमा परिवारले जे दिन्छ, जसरी दिन्छ, त्यसैलाई राजीखुसीसाथ स्विकार गर्नुपर्छ । यदि कुनै कुराले समस्या भएमा विनम्रता पूर्वक अवगत गराउन सकिन्छ ।’ जोशीको केही वर्ष पहिले नेपालगञ्जमा होटल व्यवसाय थियो । होटलबाट उनी सन्तुष्ट भएनन् । होटल व्यवसाय खासै नफस्टाएपछि उनी होमस्टे संचालन गर्न तर्फ लागे । होमस्टे सञ्चालन भएसँगै उनको परिवारको मुहार मात्र फेरिएकै छैन, आर्थिक स्तरसमेत माथि उकासिएको छ ।

उनले संचालन गरेको होमस्टे भित्र अन्य केही व्यक्तिहरुको पनि होमस्टे व्यवसाय छ । यति मात्र नभई होमस्टे भित्र अन्य कृषि व्यवसाय पनि संचालित छन् । जोशीले होमस्टेभित्र बंगुर व्यवसायका साथै अष्ट्रिज व्यवसाय पनि गरिरहेका छन् । होमस्टे पुगेपछि हामीले उनीसँग अष्ट्रिच हेर्ने, फोटो खिच्ने अनि समाचार बनाउने कुरा गरेपछि फर्मभित्र जाने सहमती जनाए । र हामीले जानकारीका लागि उनका छोरा नवराज जोशीलाई साथमा लियौ । उनको अष्ट्रिच फर्ममा पुग्दा अष्ट्रिजहरु यता जाउ कि उता जाउ जस्तै गरिरहेका थिए । अष्ट्रिच हेर्न जाने मानिसहरु जब फोटो, भिडियो खिच्न थाल्छन् अष्ट्रिचहरु तब उनीहरु आफुलाई खानेकुरा दिन आएका हुन् झै गरि मानिसहरुको नजिकै आउँछन् ।

अन्य व्यवसायमा भन्दा अष्ट्रिच व्यवसायमा राम्रो आम्दानी हुने देखेर जोशीको आकर्षण बढेको हो । उनी विगत ४ वर्षदेखि होसस्टेका साथै अष्ट्रिच व्यवसायमा संलग्न छन् । अष्ट्रिच विशेष गरि रुपन्देहीको बुटवलमा पाल्ने चलन धेरै छ । उनी पनि बुटवल घुम्नको गएको बेला अष्ट्रिच फर्ममा पुगे यसको बारेमा जानकारी लिएपछि उनको पनि अष्ट्रिच पाल्ने योजना बन्यो । खप्तड कृषि उद्यम व्यापार केन्द्र अष्ट्रिच फर्म यहाँको उदाहरण हो । उनीसँग अन्य १ जना सहकर्मी छन् । २ जनाको सहकार्यमा सुरु गरेको यस फर्मको रेखदेख, अष्ट्रिचलाई दाना खुवाउने लगायतका धेरै काम विषेश उनले सम्हालेका छन् । परिवारको हौसला र प्रेरणा उनको सभैभन्दा ठूलो खम्बा हो । व्यवसाय सुरु गर्नुभन्दा पहिले यो व्यवसाय क-कस्ले सञ्चालन गरेको छ भनेर धेरै अध्ययन गरे । कसैले पालेको छ भनेको सुनेर त्यहाँसम्म पुगे र केही अनुभव बटुलेर त्यसपछि मात्र आफूले व्यवसाय सुरु गरेको उनले बताए ।

उनले एक लटमा करिब एक सय वटा अष्ट्रिच पाल्छन् । उनी बुटबलबाट अष्ट्रिचको चल्ला ल्याउँछन् । करिब ३ महिने चल्लालाई करिब ४० हजारमा किन्छन् । करिब १ वर्षसम्म पालेर फेरी उनले बुटबल नै पठाउने गरेका छन् । ३ महिनामा करिब २५ किलोदेखि माथी हुने अष्ट्रिचको तौल १ वर्ष पाल्दा करिब ९० देखि १ सय किलो पुग्छ । यसको मासुको मूल्य प्रतिकिलो दुई हजार पर्छ । बजारमा यसको मासुको माग राम्रै रहेको छ । ४० हजारमा चल्ला किने बाफत हुर्काएपछि प्रति केजी ८०० नाफा लिएर पुनः बुटवल फर्काउँछन् । बुटबलबाट काटेको मासु प्याकिङ गरि फेरी यहाँ आउँछ । र माग अनुसार उनले बेच्ने गरेका छन् ।

फर्ममा ३ जनालाई रोजगारी समेत दिईएको छ । अष्ट्रिच पाल्न खासै समस्या नरहेको जोशीको अनुभव छ । सबैभन्दा पहिले सुरु गर्दा लगानी प्रशस्त चाहिने भएकोले आर्थिक रुपमा आफु तयार रहनु पर्ने उनले बताए । उनी भन्छन्,–‘कुनै पनि व्यवसाय सुरू गर्दा समस्याहरु त हुन्छन नै त्यो स्वाभाविकै हो । अष्ट्रिचको लागि मार्केटिङ प्रमुख समस्या रहेको छ । तर हामीलाई खासै गारो छैन । आफ्नै खालको मार्केट बनाउन सके व्यवसाय राम्रो छ । धेरै नै नाफा हुन्छ ।’ जिल्लामा यसको मासुको माग पनि राम्रै रहेको उनले बताए । अष्ट्रिचबाट भएको आम्दानीले उनले घरको सामान्य खर्चदेखि व्यवसायमै लगानी गरिरहेका छन् । त्यहाँ अष्ट्रिच अवलोकनका लागि दैनिक १ हजार देखि २ हजारसम्म मानिसहरुले आउजाउ गर्छन् । तर अहिले लकडाउनका कारण खासै पर्यटकहरु त्यहाँ पुग्न सकेका छैन ।

फर्मको अवलोकन गर्न बाँकेका साथै अन्य जिल्लाका विभिन्न ठाउँबाट आउने गरेका छन् । अष्ट्रिच चराको ब्यवासायिक उत्पादन फर्म दर्ता गरेर बाँकेको बैजनाथमै पहिलो पटक सुरु गरिएको हो । मासुमा आत्मनिर्भर रहन बाँकेमा आफूहरु यस तर्फ आर्कषित भएको बताउँदै यसको व्यावसायिक व्यवसाय गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको उनले बताए । जोशीले विदेशमा रोजगारमा जाने युवाहरुलाई विदेश नगई यही कृषि पेशामा काम गरे पैसासँगै आत्मसन्तुष्टि हुन आग्रह गरे । अष्ट्रिजले दाना र घाँस खाने गर्दछ । अष्ट्रिचलाई दैनिक तीन किलो दाना, घाँस र पानी खुवाउने गरेको उनले जानकारी दिए । उनले भने,–यो नयाँ व्यावसायिक व्यवसाय सञ्चालनले नयाँ किसानहरुको लागि उत्प्रेरक भूमिका खेल्नेछ ।’

अष्ट्रिचको रातो मासु हुने तर यसमा अरु पशुपंक्षी, खसी, राँगा, कुखुरा माछाहरुमा भन्दा कम कोलस्टेरेल हुने तथा चिल्लो पदार्थ हुँदैन । भिटामिन, मिनरल तत्वहरु प्रशस्त पाइने भएकाले बिरामीहरुले समेत खान सक्ने हुँदा विश्व बजारमा अष्ट्रिचको मासुको माग बढी रहेको छ । अष्ट्रिचको प्वाँख, छाला, बोसो, अण्डा तथा यसको हडडी बहुउपयोगी हुने गरेको छ ।

तस्बिर : बिजय परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *