कोरोनाका कारण बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको ज्यान गयो
कोहलपुर, असोज १५,
कोरोना भाइरस (कोभिड–१९) बाट बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको ज्यान गएको छ ।
भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा रहेका डाक्टरको बिहीबार दिउँसो कोरोनाबाट निधन भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।