अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, मर्यादित र सुखमय बनाउन राष्ट्रपतिको अपिल

कोहलपुर, असोज १५,

बिहीबार अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि मनाइदैछ ।

सार्वजनिक कार्यक्रम नगरिएपनि भर्चुल छलफल गरेर मनाउन लागेको महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । सन १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा ः हाम्रो उमेर र बुढ्यौलीका कारण ज्येष्ठ नागरिकलाई गरिने सम्बोधनमा परिवर्तन ल्याउँछ ?’ भन्ने रहेको छ ।

नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *