प्रधानाध्यापक पण्डितद्धारा बालगृहलाई आर्थिक सहयोग

कोहलपुर, असोज १५,

स्वर्गद्वारी नगरपालिका ९ छेडापोखरा प्राथमिक बिद्यालय प्युठानकी प्रधानाध्यापक सिर्जना पण्डितले बालगृहलाई आर्थिक सहयोग गरेकी छिन् ।

बाणगंगा नगरपालिका ४ कपिलवस्तु स्थायी घर भएर प्युठानमा शैक्षिक पेशामा कार्यरत समाजसेवी समेत रहेकी पण्डितले कपिलवस्तु बालगृहका बालबालिकाहरूलाई एक छाक ननभेज खाना ब्यवस्थापन गर्न आर्थिक सहयोग गरेकी हुन् । उनले नगद १० हजार रुयैयाँ आर्थिक सहयोग गरेकी हुन् ।

पण्डित ले आफ्नी छोरी सबिना केसीको जन्मदिनको सम्झनामा यस बालगृहका बालबालिकाहरुको लागि खाना खर्च वाफत १० हजार सहयोग गरेकी हुन् । आर्थिक सहयोग गरेको भन्दै नेपाल बाल संगठन कपिलवस्तु बालगृहका तर्फबाट पण्डितलाई धन्यवाद ज्ञापन गरे । बालगृहले पण्डितलाई विशेष धन्यवाद दिदै छोरी सबिना केसीको आत्माशान्तिको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *