कथा–अरेलिका दुःख

धरै वर्ष भयो रुपा म यो ठाउँमा आएर बसेको । भर्खरै देशमा प्रजातन्त्र आएको थियो । मेरा बा आमा स्वर्गीय हुनु भयो । अनि भाई र म बेसाहारा भयौं । भाई सानो थियो । त्यही भाइको लालनपालन सँगै शिक्षादिक्षाका लागि दिनरात पसिना बगाएर अर्म, पर्म, निभेक, बाउलो गरेर भाईलाई पढाए र ठुलो मान्छे बनाउछु भन्ने लाग्यो । अँधिया, निबेक, बाउलो, मेलापात, घाँस, दाउरा गरेर भाईलाई उच्च शिक्षा दिए । भाइले पनि मेरो इच्छालाई बुझ्यो र राम्रोसँग पढ्यो । पढ्दा पढ्दै सरकारी कार्यालमा जागिर पनि पायो । त्यसपछि मलाई निभेक गर्नु परेन । भाइको तलबले नुन तेल ओडापरी गर्नका लागि मलाई निवेक गर्नु परेन । भाइ जागीर खाने भएपछि हाम्रो गाउँभन्दा धेरै पर सहरको केटीसँग भाइको विवाह गरिदिएँ । भाइ रुदिलोको विवाह भएपछि केही महिनामा भाइको जागिर सरुवा भयो । जागिरको सिलसिलामा भाइलाई बाहिर कोठा खोजेर बस्न पर्ने भयो । केही विकट ठाउँमा सरुवा भएका कारणले गर्दा रुदिलो मात्रै उतै बस्ने भयो । भाइ उता गएपछि बुहारी र म घरमा नै बस्यौं । बुहारीले धेरै काम गर्न जान्दैनथिन । उनी सहरमा हुर्केकी गाउँको पानी पँधेरो, दैलो, कुचो, चुलोचौको गर्न पनि उनलाई आउँदैनथ्यो । विस्तारै सिकाउँदै जाँदा बुहारी अमला घरको काम धन्दा गर्न जान्ने भइन् । समय बित्दै गयो । रुदीलो घरमा समय–समयमा आउने जाने गर्दथ्यो । हाम्रो घरमा धेरै राम्रो परिवेश भैसकेको थियो । मनमनै लाग्थ्यो अब त दुःखका दिन पनि सकिए । अमला दुई ज्यूकी थिईन । उनलाई पानी पँधेरो कुचो, दैलो गर्न पनि कठिन थियो । बुहारीलाई गा¥हो हुन्छ भनेर उनले गर्ने जम्मै काम म आफै गर्थे । त्यो देखेर गाउँलेहरु अमलालाई उडाउँथे । मलाई माया गरेझैँ गरी विचरी अहिले विहे गरेर बुढाको घरमा बुढाको दैलो पोत्ने बेलामा भाइको घरदैलो पोतेर बसेकी छ भन्थे । मनमनै सोचीरहन्थे यिनीहरुलाई हाम्रो घर परिवार र काम अनि मेरो लागि के खाँचो भनेर मनमनै रिस उठी राख्यो ।

मनमनै प्रश्न उठ्थ्यो । एउटै कोखमा जन्मिएको घर के छोरीले दैलो पोत्नु हुँदैन र ? भाउजु बुहारी घरका गहना हुन् । तिनको माया गर्नु मरो दायित्व हो । आफ्नो भन्नु पनि त को नै छ आखिर ? यही भाई अनि बुहारी नै त हुन् । जो सुकैले जेसुकै भनुन् । मैले मेरो भाई बुहारीलाई आमाले दिने माया दिन्छु भन्थेँ । समय बित्दै गयो । हाम्रो यो घरमा भदाको आगमन भयो । बाबा आमा बितेपछि काहाली लाग्दो घर । भाईको बिहे गरेर बुहारी आउँदा चन्द्रामा उदाएझैं लाग्यो । अहिले भदा जन्मदा घरभित्रै सूर्य उदाएझैं रमाइलो अनुभव भयो । भदा आजभन्दा भोलि, भोलिभन्दा पर्सि गर्दागर्दै हुर्कदै गयो । अब त केही महिनापछि स्कुल भर्ना गर्ने बेला हुन थाल्यो । भाइ जागिरको सिलसिलामा सहरतिर आएको थियो । भाइले सहरमै बस्ने निधो गरेछ । त्यसपछि हामी सबै भोलिदेखि गाउँ छाडेर सहरमा नै बस्ने निधो भयो । भोलि बिहानै जाने सल्लाह भयो । भाई बुहारी कोठामा पसे । भदा अभिषेक मेरो काखमा निदाई रहेको थियो ।

अचानक चर्को आवाज आयो के को आवाज हो भनेर बाहिर निस्किए । भाई र बुहारीको कोठाको आवाज रहेछ । अमलाले भन्दै रहिछन् तपाईकी त्यो दिदी अरेलीलाई किन सहरमा लैजाने । बरु विवाह गरेर पठाई दिए हुन्छ । यहि छोडि दिएपछि आफै एउटा समातेर जान्छे । यस्तै अनेक कुरा गरेर भाइसँग कराईरहेको सुनें । भाइले दिदी बाहेक हाम्रो अरु को छ ? अनि दिदीको हामी बाहेक को छ भनेर रोईरहेको सुने । त्यो आवाज सुनेपछि मनमा चट्याङ परेको अनुभव भयो । मन झस्याङ्ग झस्कियो । निदाई रहेको अभिषेक पनि ब्यूँझियो र आमा–आमा भन्दै रुन थाल्यो । बुहारी बाहिर निस्किन र उसलाई लिएर कोठामा गइन् । मलाई के गरुँ कसो गरुँ भयो । आखाँभरी आँसु आयो । बाबा आमाको झल्झली याद आयो । मुटु छियाछिया भयो । अघिसम्मको उज्यालो घर अन्धकार लाग्न थाल्यो । भाइ सानो हुँदा आफूले गरेको दुःख कष्ट सबै आँखै अगाडि आउन थाल्यो । सिँगान बगाउँदै हिड्दा बाआमाको अभाव हुन दिइन् । भाइ र बुहारी प्रतिको माया आँखाभरी, मुटुभरी सल्बलाउन थाल्यो । गाउँले र आफ्नाहरुको तिरस्कार सम्झिन थालें । सानिमा, मामा फुपुले भनेका कुरा आँखाभरी घुम्न थाले । भुल्छु र निदाउँछु भन्दापनि यो मन बेचैन भयो । बल गरेर पनि निदाउन सकिन । मनले पनि बारम्बार आफैलाई प्रश्न ग¥यो । एक मनले भन्यो,–‘तैले भाइलाई यति माया गरिस्, अब पनि भाइलाई साँच्चै माया गर्छेस् भने घर छोडेर टाढा कतै कसैले नदेख्ने ठाउँमा जा । अब एकछिन पनि नबस ।’ अर्को मनले भन्यो, –‘घरमा नै बस ।’ तर पनि मनले मानेन बिहान सबेरै त्यहाँबाट सदाका लागि निस्कने निर्णय गर्यो । मनले लिएको निर्णय पाइलाले चाल्न निकै गाह्रो भयो । आफूसँगै लिएर जाने केही चिज पनि आटँ आएन । एकसरो शरीरमा लगाएका लुगा र भाइ, बुहारी, भदाको फोटो भन्दा अरु चिज केही लैजान मन पनि लागेन ।

यही घरमा जन्मिए यही घरमा हुर्किए खेलेको आँगनि
जहाँ गए पनि सम्झने छु म नहुनु बिरानी
चर्कियो मुटु, धड्कियो मन, बाटो आँसुले रुझायो
प्रितीको फूल सारेकी थिए त्यही मनमा बिझायो
मनले भन्छ यो आँगनि अब कहिल्यै आउँदिन
मुटुमा बिझ्यो वचनको खिल बिर्सन सक्दिन

मनमनै भाइ बुहारी र भदाको खुसीको कामना गर्दै घरबाट रुँदै–रुँदै निस्किए । मान्छे हिड्ने बाटो हिड्यो भने फेरि भाइले खोज्न सक्छ । किन कहाँ हिँडेकी दिदी भन्यो भने बुहारीको बचनले हिँडेकी पनि कसरी भनुँ । सोचे बरु गाईभैँसी हिड्ने जंगलको बाटो जान्छु । जहाँ पुगुला, पुगुला । बरु जङ्गलमै बाघ, भालुले खाइदिए झन् आनन्दै हुन्थ्यो भन्दै ज्यानको माया पनि लागेन । वनको बाटो हिँडे । बाटोमा हिड्दै गर्दा कहाँबाट कुकुर पछि लागेछ थाहा नै पाइन् । त्यो कुकुरले मलाई साथ नछोडिकन पछि पछि आयो । धेरै रक्षा गर्यो भोक लागेर लड्दा खानेकुरा खुवायो । म रुँदा सँगै रोयो । जिन्दगीमा मलाई आमाले गर्ने माया त्यहीँ कुकुरले नै ग¥यो । बिरामी हुँदा बुटी खोजेर खुवायो । साथी भएर रक्षा ग¥यो । कति रात जङ्गलमा ओडारभित्र बस्दा त्यहीँ कुकुरले हेरविचार ग¥यो । कता जाउँ, कहाँ जाउँ भनेर बाटो नपाउँदा त्यसैले बाटो देखायो । खोला तर्न नसकेर बेगेकी थिए त्यही कुकुरले बचायो । म मर्न चाहान्छु तर कुकुरले मर्न दिँदैनथ्यो ।

जिन्दगी अचम्मको रहेछ ! त्यही संस्थाकी अध्यक्ष सुष्मा नानीले मलाई चौतारीमा लडीरहेको देखेर यहाँ यो आश्रममा ल्याएर राखिन् । अब मलाई लाग्न थाल्यो कि म बुढी भैसक्न लागें । जन्मिएको घर बाबाआमा, दाजुभाइ, दिदीबहिनी आफ्ना आफन्त, ईष्टमित्र भन्ने सबै लोकाचार मात्रै रहेछ । गाउँलेभन्दा पनि टाढाका हुँदा रहेछन् । दुःख परेको बेलामा बरु पराई आफ्ना हुँदा रहेछन् । आफन्त झन् पराई हुँदा रहेछन् । बरु विवाह गरेको भए पराईको छोरा आफ्नो हुन्थ्यो होला । पराईको घर आफ्नो हुन्थ्यो होला । पराईका दाजुभाइ, दिदीबहिनी आफ्ना हुन्थे होलान् । पराईको सम्पत्ति आफ्नो हुन्थ्यो होला । छोराछोरी हुँदा हुन् । आमा भन्दै काखमा खेल्थे होलान् । आज यो काखमा दुःख र आँसु बाहेक खुसी खेल्ने दिन आएन । अझैपनि यो मनले त्यो अभिषेक कस्तो भयो होला, ती भाइ, बुहारी कस्ता भए होलान् भनिरहन्छ । सुष्माले भनिन्, रुपा नानी तिमीले आफ्नो मनको कुरा खोल्यौ । मलाई पनि यसरी जिन्दगीभरिको मनभित्रको आँधी पोखियो । अहिलेसम्म कसैलाई भनेकी थिएन । आज तिमीसँग भने रुपा नानी तिमीले मेरो घर पनि जम्मुस्वाँरा हो भनेपछि भन्न आयो । म पनि त्यहीँ जम्मुस्वाँरामा जन्मेकी हुँ । तिमी र म खेलेको पानी पधेँरो वनपाखा एउटै रहेछ । त्यसैले पो तिमीलाई देख्ने बित्तिकै कता–कता आफ्नो लागेको रहेछ । अरेली फुपु म त यस्ता आश्रमहरुमा कस्तो छ ? अवस्था भनेर बुझ्दै हिँडेकी हुँ । कस्तो छ ठाउँ–ठाउँको अवस्था भनेर बुझ्दै हिडेकी हुँ । हजुरको भदा अभिषेक र भाइ रुघिलो र बुहारी अमलालाई चिन्दछु । अहिले अभिषेक डाक्टर भएका छन् । सहरमा घर बनाएर बस्नु भएको छ । हजुरका भाइ रुदिलो जागिरबाट अवकाश भएपछि अहिले नेता हुनु भएको छ ।

२०४६ सालमा बहुदलीय व्यवस्था आयो । वि.सं.२०६३ को चुनावले लोकतन्त्र आयो । वि.सं. २०७२ सालमा संविधान जारी भई देशमा गणतन्त्र आयो । अहिले त गाउँ कस्तो रमाईलो भएको छ । देश अहिले संघीयतामा गएको छ । गाउँमै सबै काम हुन्छ । प्रदेश विभाजन गरी ७ प्रदेशमा विभाजन भएको छ । अहिले हाम्रो गाउँ गण्डकी प्रदेशमा पर्दछ । खोलानाला जङ्गलभित्र बाटो गएको छ । घर–घरमा पानीका धारा छन् । अहिले त सहरमा भएका दाजुभाई विदेशमा भएका सबै गाउँ–गाउँमा आएर कृषिखेती, पशुपालन गरेर गाउँ त अहिले सारै राम्रो भएको छ नि फुपु । अहो ! रुपा नानी कस्तो खुसी लाग्यो । ‘मेरो भदा डाक्टर भएको छ है’ मैले सधै मेरो जन्म गाउँ अनि भाइ, बुहारी र भदाको खुसीको कामना गर्दथेँ । साँच्चै यो मनले भने जस्तै भएछ । तर हिजोका दिनहरु सम्झिदाँ मनमा गाँठो परेर आउँछ । फुपु बहुदलीय व्यवस्था आएपछि त धेरैले गाउँ छोडे । देशमा जनयुद्ध सुरु भयो । धेरै नेपाली दाजुभाई नेपाल प्रहरीले ज्यान गुमाए । धेरैको सिउँदो पुछियो धेरै नाबालक टुहुरा भए । धेरै बाआमा सन्तानको शोकमा अझै रुँदैछन् । कति घाईते भए । अझै मृत्युसँग लडिरहेछन् । कति बेपत्ता भए अहिलेसम्म घर फर्किने आशामा आफन्तका आँखा लोलाई रहेका छन् । कति संरचनाहरु ध्वस्त भए । अझै वेवारिसे अवस्थामा छन् । कति मान्छेहरु जागिर खान नसकेर बिच बाटोमा अलपत्र छन् । कति दाजुभाइ, दिदीबहिनी विदेशको मरुभूमिमा पसिना बगाउँदै छन् । त्यो सबै सम्झिने हो भने त सम्झी साध्य छैन । फुपु मेरा बा,आमालाई पनि सेनाले गोलि हानेर मारी दिए । मेरा बाबु माओवादीका भूमिगत कमाण्डर हुनुहुन्थ्यो । हिजो जे भयो–भयो । अब देशमा शान्ति भएर सधै यस्तै सुन्दर शान्त देख्न पाए । मेरा बाआमा लगायत स्वर्गीय सहिदहरुको आत्माले शान्ति पाउने थियो । अब म भोलि अर्कै प्रदेशको आश्रममा जाने हो । फुपु बरु हजुर पनि गाउँमै जाने भए कति खुसी लाग्ने थियो । सबैले हजुरलाई सम्झिएका छन् । रुदिलो अंकलले पनि हजुरलाई कति खोजी गर्नु भएको थियो रे भन्ने सुनेकी थिए । हुन्छ तनि रुपा नानी मलाई भेटेकी थिए नभनिदिनु । अब उनीहरुले पनि मलाई बिर्सीसके होलान् । हस् फुपु हुन्छ आफ्नो ख्याल गर्नुहोला । यति भनेर रुपा गइन् ।

त्यस दिन फेरी अरेलीलाई निद्रा नै परेन । रुपाले भनेका कुराहरु मनमा खेली रहे । खुसीका आँसु बगेर रातभरि गाउँघर भाइ, बुहारी, भदाको अनुहार आँखाभरी घुम्यो । आफूले काखमा लिएर तेल लगाएर नुहाउने, खेलाउने गरेको भदा डाक्टर हुँदा कस्तो देखिएको होला । अब त विवाह गर्ने बेला पनि भैसक्यो । सके गरिसकेका छन् । की रुपाले सके थाहा नपाइएकी पो हुन् की भनेर मनमा कुरा खेलीरह्यो । र भोली पल्ट सबैसँग म गाउँ गएर आउँछु भनि र हिँडिन् । उही घरबाट ल्याएको भदा, भाइ र बुहारीको फोटो लिएर निस्कीन् । यतिका वर्षसम्म बसेकी आफ्नो सबै रुपरङ्ग हेरी–हेरी बसेको ठाउँमा यहि ठाउँले मलाई बचायो । सहारा दियो र पो आज यो खुसी सुन्न पाए । आफ्नै आखाँलाई पनि थाहा हुँदो रहेनछ । कतिबेला खुसीका आसु झर्छन् । अनि कतिबेला दुःखका आँसु झर्छन् । दुबै आँसु यिनै आँखाबाट बर्सदा रहेछ । त्यसैले होला नमरी बाँचे तिनलोक यही जुनिमा देख्न पाइन्छ भनेको भन्दै मनले सोचेपछि मलाई अझै सयौँ वर्ष बाँच्न पाए जस्तो लाग्यो । बचेको जिन्दगीको माया लाग्यो । हिँडी सकेपछि बस आयो । बस चढिन् र हिँडिन् । बसपार्क आयो । अब सबै झर्नुहोस्, भनेपछि अरेली पनि झरिन् मनदीप बजार जाने बाटो कता हो भन्दै सोचिन् र हिँडिरहेकी थिए । अचानक मलाई रिँगटा लाग्यो र बाटोमा लड्न पुगेछु थाहै पाइन् ।

अगाडिबाट गाडीमा एकजना मानिस आइरहेका थिए । अचानक ती बुढीलाई बाटोमा लडिरहेको देखेपछि उनले गाडि रोके । अहो ! एक्ली महिला त्यहीँ पनि बुढो अवस्थामा । अहो ! को होलिन् भन्ने सोचेर उठाए आमा–आमा भनेर बोलाए । तर अरेली थर्थर काम्दै उठिन् । ती मानिसले कहाँ जाने हो आमा भनेर सोधे । उनले मनदीप बजारमा जाने हो । ती मानिसले सोधे त्याँ कसकोमा जाने हो आमै ? उनले भनिन्, त्याँ मेरो भदा छ । ती मानिसले सोधे, मनदीप बजारमा हो ऊ बस्ने । ती मानिसले आफू पनि डाक्टर नै भएको र ती डाक्टरको नाम के हो ? भनेर उनले सोधे । बुढी आमैले झोलाबाट फोटो निकालेर फोटो देखाउँदै उसको नाम अभिषेक हो । यो फोटो सानो छँदाको हो भनिन् । ती मानिसको आँखाबाट बर्बर आँसु खस्यो । फुपु मै हो तपाईको यो फोटोको मान्छे । मै हुँ तपाईको अभिषेक भन्दै अंगालोमा लिए । अरेली पनि आफ्नो भदालाई भेटेपछि अंगालोमा लिएर धितमरुन्जेल रोइन् । निकैबेर रोएपछि उनीहरु घरतर्फ लागें । वर्षौैपछि उनीहरुको भेट भयो…।

अम्बिका भण्डारी
अन्नपूर्ण–२, ढिकुरपोखरी, कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *