नेपालबाट मनसुन केही दिनमा सकिने

कोहलपुर, असोज १४,

नेपालबाट मनसुन केही दिनमा सकिने भएको छ । अबको एक दुई दिनमा नेपालबाट मनसुन बाहिरिने छ ।

मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने मौसमविद्ले बताएका छन् ।

सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनु पर्ने भए पनि यो बर्ष ढिला भित्रिएको मनसुन केही ढिला बाहिरिन लागेको हो । मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *