लागू औषध (ब्राउन सुगर) सहित २ जना नियन्त्रणमा

कोहलपुर, असोज १४,

जिल्ला प्रहरी कार्यालय बाँकेलेले ४ ग्राम ५०० मि.ग्रा.लागू औषध (ब्राउन सुगर) सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुर स्थित जि.प्र.का.बाँके र ला.औ.नि.व्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्क बस्ने वर्ष २३ को मोहम्मद जुनेड हलुवाई र जिल्ला बर्दिया बढैयाताल गाउँपालिका ३ बस्ने वर्ष २७ की सपना पुनलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्लाष्टिकको ६ वटा पुडिया बनाई राखेको ४ ग्राम ५०० मि.ग्रा.लागू औषध (ब्राउन सुगर) सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *