पंचपुरी १ मा खानेपानी आयोजनाको काम तिव्र
कोहलपुर, असोज १३,
पंचपुरी गाउँपालिका वडा नम्बर १ फार्सेकाँडा हाँसेगाउँ सुर्खेतमा खानेपानी आयोजनाको कामलाई तिव्र पारिएको छ ।
माननिय स्वास्थ्य तथा जनसंख्यामन्त्री नबराज रावतको पहलमा खानेपानी आयोजना परेको वडा नम्बर १ का वडा अध्यक्ष धन बहादुर थापाले बताएका छन् । वडामा २ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण हुन लागेको वडा अध्यक्ष थापाले बताए ।
हाल वडामा पाईपलाईनको काम हुँदैछ । यस्तै सुर्खेत प्रदेश ख माननीय बिन्दमान बिष्टको पहलमा सोलार पम्पिङको व्यवस्था हुँदैछ । अध्यक्ष थापाले दुवै माननीयहरुलाई खानेपानी योजना पारिदिएकोमा धन्यवाद दिएका छन् ।