कोरोनाका कारण विश्वभर १० लाखभन्दा बढिको मृत्यु

कोहलपुर, असोज १३,

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेको छ ।

कोरोनाकाकारण विश्वकाहालसम्म २ सय १५ मुलुकका गरी कूल १०लाख ६ हजार ९० जनाले ज्यानगुमाएका छन् ।पछिल्लाविवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमितहुनेको सङ्ख्याविश्वभर तीन करोड ३५ लाख४२ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ६८ हजार निको भएका छन् भने करीब ७६ लाख७० हजार जना सक्रियसङ्क्रमित छन् ।कोरोनाभाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ६५ हजार व्यक्तिको स्वास्थ्यअवस्थानिकै जटिल रहेको छ ।

पेशाव्यवसायखोल्ने वानखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने त्यहाँ सङ्क्रमितको सङ्ख्या७३ लाख ६१ हजार नाघिसकेको छ । अमेरिकामाहालसम्मकोरोना सङ्क्रमणपछि २ लाख ९ हजारभन्दा बढीको ज्यानगएको छ भने ४६ लाखभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ३७हजारभन्दा बढी सङ्क्रमितथपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *