रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो जित

कोहलपुर, असोज १३,

रोयल च्यालेन्जर्स बैंगलोरले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जितनिकालेको छ ।

दुबईमा गयराति भएको खेलमा साविकविजेतामुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजितगर्दै बैंगलोरले दोस्रो जितनिकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमागएको थियो ।सुपर ओभरमामुम्बईले १ विकेटगुमाएर ७ रन बनायो ।

बैंगलोरले बिनाविकेटको क्षति ११ रन बनाउँदै लक्ष्य भेट्टायो । सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९केइरन पोलार्डले अविजित रहदै ६० रन बनाउनुभएको थियो । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।बैंगलोरकालागिएबी डी भिलियर्सले ५५, देवदत्त पाडीक्कलले ५४ र आरोन फिन्चले ५२ रन बनाए ।

जितसँगै बैंगलोरले ३ खेलमा ४ अंकजोडेको छ । बैंगलोर तेस्रो स्थानमाउक्लिएको छ । हार पछि मुम्बईको भने ३ खेलमा २ अंकरहेको छ । आपीएल क्रिकेटकमा आजदिल्ली क्यापिटल्स् र सन्राईजर्स हैदराबाद बिच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *