केही स्थानमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा रहने

कोहलपुर, असोज १३,

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ । यसका साथै, हाल देशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । यस्तै, राती प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *