कोरोनाबाट सावधानी अपनाउन सरकारको आग्रह

कोहलपुर, असोज १३,

सरकारले नेपालमा कोरोना भाइरसको जोखिम अझै कति समय रहन्छ भन्ने पूवार्नुमान गर्न सक्ने अवस्था नरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलन कायम गर्न धेरै क्षेत्र खुला गरेको बताए । यो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरत रहेको मन्त्री ज्ञवालीले बताए ।

सरकारले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न पनि आग्रह गरेको छ । मन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *