विश्व मुटु दिवस मनाइँदै

कोहलपुर, असोज १३,

नेपालमा मुटुरोगी बढ्दै गएका छन् ।

स्वस्थकर जीवनशैलीकाकारण मुटुरोगको जोखिम बढेको छ । आजविश्व मुटुरोग दिवस मनाइरहँदा चिकित्सकहरुले हरेक व्यक्तिले मुटुको स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन । मंगलबार ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथविश्व मुटु दिवस मनाइँदैछ । मुटु सम्बन्धी विभिन्न जनचेतना मूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ ।

मीठो, मसालेदार, चिल्लो, स्वादिलो खानानिरन्तर रूपमाखाँदै जाँदाविस्तारै दिर्घ रोग लाग्ने भएकाले खानपिन र जीवनशैलीमाध्यानदिनुपर्ने उनीहरुको सल्लाह छ । सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचार बापत बेहोर्दै आएको छ । १५ वर्ष भन्दा मुनिका बालबालिका तथा ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्ष भन्दा कम र ७५ वर्ष उमेर भन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ ।

मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । विश्वमा हरेक बर्ष एक करोड ८० लाख मानिस मुटु रोगका कारण मर्ने गर्दछन । नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा मुटु रोगबाट मर्नेको सख्या ८० प्रतिशतभन्दा बढी छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटु रोगी भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *