नेपाल सुन चाँदी ब्यवसायी महासंघ प्रदेश नं ५ को अध्यक्षमा दियाली

कोहलपुर, असोज १३,

नेपाल सुन चाँदी ब्यवसायी महासंघ प्रदेश नं ५ को अध्यक्षमा बुद्धि बहादुर दियाली निर्वाचित भएका छन् ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघ प्रदेश नं ५ को अधिबेशनबाट दियाली निर्वाचित भएका हुन् । बाँके सुनचाँदी तथा गहना ब्यवसायी संघ प्रधान कार्यालय कोहलपुरको नेतृत्व गर्दै दियाली अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुन चाँदी ब्यवसायी महासंघ प्रदेश नं ५ को कोषाध्यक्षमा संजय सोनी निर्वाचित भएका बाँके सुनचाँदी तथा गहना ब्यवसायी संघ प्रधान कार्यालय कोहलपुरका संस्थापक अध्यक्ष बाल बृष्ण विश्वकर्माले बताएका छन् । दियाली र सोनी सहित सम्पूर्ण टिम निर्बिरोध निर्बाचित भएको विश्वकर्माले जानकारी दिए ।

उनले सम्पूर्ण निर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकाना दिदैं हार्दिक बधाई ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *