दुई महिनाको घर भाडा छुट गरिदिन होटल व्यवसायी संघ बाँकको आग्रह

कोहलपुर, असोज १२,

होटल व्यवसायी संघ बाँकले लकडाउन अवधिको दुई महिनाको घर भाडा छुट गरिदिन माग गरेको छ ।

घर भाडा छुटका लागि पहल गरिदिन सोमबार ज्ञापन पत्र जारी गर्दै कोहलपुर नगरपालिकालाई आग्रह गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका गरिएको लकडाउनका कारण होटल व्यवसाय ठप्प भएका कारण दुई महनाको घर भाडा छुटका पहल गरिदिन गर्न आग्रह गरेको हो ।

लकडाउनका कारण बाँकेमा होटल व्यवसायको अर्थतन्त्रमा सबैभन्दा ठूलो असर पारेको छ । घर भाडा छुटका लागि कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतलाई ज्ञापन पत्र बुझाएका हुन् । नगरप्रमुख रावतले यसका लागि सकेसम्म पहल गर्ने आश्वासन दिएका छन् ।

संघले स्थानीय सरकारले लिदै आइरहेको व्यवसायीक कर मिनाहा गरिदिन पनि अपिल गरेको छ । आर्थिक वर्ष २०७६र०७७ र ०७७र२०७८ को व्यवसायीक कर मिनाहाका लागी नीतिगत रुपमै व्यवस्था मिलाई दिन माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *