कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १० लाख मानिसको मृत्यु

कोहलपुर, असोज १२,

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वमा ३ करोड ३२ लाख ९७ हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दा बढी सङ्क्रमितहरु थपिएका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ ।

यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् । यहाँ कोरोना संक्रमणपछि निको हुनेको सङ्ख्या ४५ लाख ६० हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *