सिक्टा सिंचाई आयोजनाबाट हाल १ लाख किसान प्रत्यक्ष लाभान्वित

कोहलपुर, असोज ११,

बाँके जिल्लामा यस वर्षमा सिक्टा सिंचाई आयोजनाबाट १६ हजार हेक्टरमा सिंचाई पुगेको छ ।

सिक्टा सिंचाई आयोजनाबाट हाल १ लाख किसान प्रत्यक्ष लाभान्वित भएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए । अगामी चैत्र महिना देखी २० हजार हेक्टर जमिन सिचाई गर्ने योजना रहेको सिक्टा सिचाई अयोजनाले जनाएको छ । गत जेठ महिना देखि सिक्टाले करिब १६ हजार हेक्टर जमिनमा सिचाई सुविधा दिएको थियो ।

सहज सिचाइ सुविधा भएपछि किसानहरु पनि खेतीगर्न उत्साहित भएका छन् । जिल्लामा करिब ४५ हजार हेक्टर जमिन सिचाई गर्ने लक्ष्यका साथ सुरु भएको थियो । हाल सिक्टा सिचाई अयोजनाको काम तीब्र रुपमा भैरहेको छ । यो आयोजना सम्पन्न भैसके पछि यहाँको आधा गरीबी घट्ने बिश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *