आईपीएल क्रिकेटमा कोलकत्ताको पहिलो जित, राजस्थान र पञ्जाबबीच खेल हुने

कोहलपुर, असोज ११,

कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

अबुधाबीमा गयराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रन बनाउनुभयो । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाउँदा नितिस रानाले २६ रन बनाउनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५१ रन बनाउँदा, कप्तान डेभिड वार्नरले ३६ रन बनाउनुभयो । जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ र अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ । लगातार दुई खेल हारेको हैदराबाद अंक तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज, राजस्थान रोयल्स् र किङ्स इलेवेन पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *