कोहलपुरमा रहेको एक मात्र सिसाको भुलभुलैया आईतबारदेखि खुल्यो

कोहलपुर, असोज ११,

बाँकेको कोहलपुरमा रहेको एक मात्र सिसाको भुलभुलैया (मिरर मेज) आइतबार खुलेको छ ।

कोरोना कहरका कारण गत चैत ११ मा लकडाउन जारी भएदेखि बन्द रहेको सिसाको भुलभुलैया आईतबारदेखि खुलेको छ । कोभिड–१९ को संक्रमण नफैलिने गरी विभिन्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भुलभुलैया खुल्ला गरिएको हो ।

सामाजिक दुरी कायम गर्दै र स्यानिटाइजरको व्यवस्था सहित यहि असोज ११ गते आइतबारबाट मिरर मेज हरेक दिन विहान १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म खुल्ला गरिने छ ।

भुलभुलैया अवलोकनका लागि टिकट प्रतिव्यक्ति रु.१५० र ५ बर्षमुनिका बालबालिकाहरु अभिभावकहरुसँग आएमा टिकट फ्रि रहेको छ । ५ देखि १० बर्षसम्मका बालबालिकाहरुलाई टिकट रु.१००, ६ जनाको ग्रुपमा आएमा १ जनालाई टिकट फ्रि को व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *