प्रविधिमैत्री शिक्षक समाज नेपाल काभ्रेको अध्यक्षमा शर्मा
कोहलपुर, असोज १०,
प्रविधिमैत्री शिक्षक समाज, नेपाल बाग्मती प्रदेश अन्तरगत काभ्रे जिल्ला भेला जुम एप्लिकेसनबाट सम्पन्न भएको छ ।
काभ्रे जिल्ला भेला आयोजक समितिका अध्यक्ष बाबुराम तिमल्सिनाको अध्यक्षतामा भएको भेलाले गोविन्द शर्माको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष रिता बादे, महिला उपाध्यक्ष गोमा देवी उप्रेती, सचिव गंगाराम ठकुरी, कोषाध्यक्षमा जुजुभाइ मानन्धर, सदस्यहरू क्रमशः चिनिमाया लामा (पनौति), सिद्दार्थ थापा (बेथानचोक), रामबहादुर ध्यावा (खानिखोला), इन्द्र प्रसाद घिमिरे (भुम्लु), बेग बहादुर थापा (पाँचखाल), सुनिता परियार (धुलिखेल), कृष्णप्रसाद निरौला (नवबुद्द), सुनिता दोङ (चौरीदेउराली), हेमराज बि. क.(मन्डनदेउपुर), सुमन तिमल्सिना (बनेपा) रहेका छन् ।
भेलाको कार्यक्रम सन्चालन गंगाराम ठकुरी र करूणा कोइरालाले गरेका थिए । केन्द्रीय अध्यक्ष भुपति बस्यालको प्रमुख आतित्थ्यता रहेको भेलामा, केन्द्रीय महासचिव देबि प्रसाद शर्मा, केन्द्रीय सचिव हरिहर दाहाल, केन्द्रीय सदस्यहरू सुशीला ढकाल, उमा लामा, देव प्रसाद पण्डित, तेजेन्द्र भुसाल, बाग्मती प्रदेश अध्यक्ष जीवन तिमल्सिना, उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठ, सचिव बासु प्रसाद अधिकारी, कोषाध्यक्ष विश्राम सेढाइ, प्रदेश सल्लाहकार पूर्ण पुरी, रमेश प्रसाद लामिछाने, मोचनाथ न्यौपाने, केन्द्रीय प्राविधिक समिति सदस्यहरू लक्ष्मण श्रेष्ठ, प्रदिप काफ्ले, दुर्गा चौधरी, जगत आले, विवशजङ थापा, मनोज केसि, गोविन्द शर्मा, बाग्मती प्रदेशका कार्यसमिति, उपत्यका समन्वय अध्यक्ष विकास ढकाल, संस्थापक सदस्यहरू गिताकृष्ण शर्मा, प्रकाश गौतम जिल्ला अध्यक्ष लगायतका विशिष्ट ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।