कोहलपुरमा बजार अनुगमन सुरु, कालोबजारी गर्नेलाई कारवाही गरिने

कोहलपुर, असोज १०,

दशैं तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा बाँकेको कोहलपुरमा बजार अनुगमन सुरु भएको छ ।

कोहलपुरमा व्यवसाय गर्दै आएका व्यवसायीबाट उपभोक्ता ठगिएको, मापदण्ड विपरित व्यवसाय संचालन भएको जनगुनासो आउन थालेपछि सरोकारवालाहरुको टोलीले अनुगमन गर्न सुरु गरेका हुन् । अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले कोहलपुर बजार अनुगमनमा कडाई गरिएको छ ।

शुक्रबार सरोकारवालाहरुको एक टोलीले कोहलपुर–१० मा रहेको क्रिस्टल टे«ड एण्ड सप्लायर्स र कोहलपुर–११ म रहेको निर्मला फेसन कलेक्सनमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । अनुगमन गरिएका दुवै पसलमा व्यवसायीहरुले सस्तो मुल्यमा सामान खरिद गरेर चर्को मूल्यमा बिक्रि गर्ने गरेको, मूल्य सूचि नटाँसेको सम्बन्धित स्थानीय तहमा दर्ता नभएको, बिल दिने नगरेको तथा खरिद पाइएको अनुगमन टोलीले बताएको छ ।

अनुगमन गरिएका पसलहरु मापदण्ड विपरित संचालन भएको तथा पहिलो पटक मापदण्ड पुरा गर्न सात दिने अल्टिमेटम दिईएको छ । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावट लगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई कडाइ गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार कालोबजारी गर्नेलाई कारवाही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *