उत्तर कोरियाली नेता किमले माफी मागे

कोहलपुर, असोज १०,

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले माफी मागेका छन् ।

दक्षिण कोरियाका एक अधिकारीको हत्या गरेको घटनाको विषयमा जोङले माफी माग्नुभएको हो । बीबीसीले दक्षिण कोरियाको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै माफी मागेको समाचारमा उल्लेख गरेको छ । बाहिरी संसारमा निकै क्रुर मानिएका उत्तर कोरियाली नेता किमले मागेको माफीलाई बीबीसीले ‘दुर्लभ’ घटना भनेको छ ।

बीबीसीका अनुसार किम जोङ उनले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे इनसँग माफी माग्दै त्यो घटना हुन नहुने बताउनुभएको छ । समाचारमा जनाइए अनुसार दक्षिण कोरियाका ४७ वर्षका ती व्यक्ति दक्षिण कोरियाबाट भागेर उत्तर कोरियातर्फ जान लागेका थिए । ती व्यक्तिलाई उत्तर कोरियाको समुद्रमा उत्तरतर्फका सुरक्षाकर्मीले भेटेका थिए ।

सियोलका अनुसार उनलाई पानीमा भेटेपछि गोली हानेर मारिएको र उनको शव जलाइएको थियो । दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो नागरिकको हत्या गरेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *