मौसममा क्रमिक सुधार आउने

कोहलपुर, असोज १०,

केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् ।

बङ्गालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पु¥याएको थियो ।

मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही दिन लाग्ने बताएका छन् । आज कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश नम्बर ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही, धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ्ग पर्ने र हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर १, र प्रदेश नम्बर २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *