जातियताको पहाड ध्वस्त पार्न लागेका हौ : पूर्व शहरी विकास मन्त्री राई

बिधुत्मा रैका,
कोहलपुर, असोज १०,

जनता समाजवादी पार्टी नेपालको बाँकेमा कोहलपुर नगरपालिकाको नगर समिति पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका विच जनता समाजवादी पार्टी नेपाल कोहलपुर नगरको पार्टी कार्यालय उद्घाटन गरिएको हो । जसपाका नगर संयोजक धन प्रसाद धितालको अध्यक्षता तथा पूर्व शहरी विकास मन्त्री एवं केन्द्रिय कार्यकारी सदस्य मो. ईस्तियाक राईको प्रमुख आथित्यतामा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

प्रमुख अतिथी स्तियाक राईले कोहलपुर नगरपालिकाको दिप प्रज्वलन गरि पार्टी कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले दुई पार्टीको बीचमा एकीकरण भएर जनता समाजवादी पार्टी बनेर कोहलपुरमा पार्टीको स्थापना भएकोमा खुशी भएको उनले बताएका छन् । जसपाले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजबुत बनाउन मद्दत पुग्ने विश्वास लिएको उनले दावी गरे । उनले कोहलपुर नगर समितिबाट देशको नेतृत्व गर्ने व्यक्ति को विकास हुनेमा आफू विश्वस्त भएको बताए ।

उनले पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी संगठन र यसको कार्यपद्धति, वर्तमान राजनीतिक अवस्था र अगामी कार्यभारलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए । उनले भने,–‘देशमा जातिय, धार्मिक, सामाजिक सहिष्णता कायम गर्ने हामी पार्टीको उद्देश्य हो । हामीले यहाँ बसोवास गर्ने सबै नागरिकलाई सम्मान गर्न आवश्यक छ । एकअर्काेको धर्म संस्कृति, रितिरिवाज, भेषभुषाको सम्मान गर्न आवश्यक छ । हामीले यस विषयलाई अवलम्बन गरेका छौ ।’ उनले समाजबाट जातियताको पहाड ध्वस्त पार्ने आफ्नो पार्टीको मुख्य लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सभापती अजय कुमार श्रीवास्तब, जसपाका पूर्व केन्द्रिय सदस्य वेद प्रसाद आचार्य लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका युवा नेता शोभाखर पोखरेलले स्वागत मन्तव्य राख्दै पार्टीको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *