आईपीएलमा किङ्स इलाभेन पन्जाबको पहिलो जीत

कोहलपुर, असोज ९,

किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

गयराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले ।

राहुल, यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बन्नुभएको छ । जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । नेट रनरेटको आधारमा, पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ । बैंगलोर भने २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । शुक्रबार चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स्बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *