कोरोना भाइरस सङक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघ्यो

कोहलपुर, असोज ९,

विश्वभरिमा कोरोनाभाइरस सङक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ ।

शुक्रबार बिहान साढे ६ बजेसम्म कुल सङक्रमितको संख्या ३ करोड २३ लाख ९४ हजार ८३० जना पुगेकोमा २ करोड ३९ लाख ४ हजार ६८७ जना संक्रमणमुक्त भएका हुन् । सङक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ६६ जनाको मृत्यु भइसकेको छ ।

कुल सङक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ७५ लाख ३ हजार ७७ छ । जसमध्ये ९९ प्रतिशत अर्थात् ७४ लाख ३९ हजार ७ सय ५९ जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ६३ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

सङक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ७१ लाख ८४ हजार ८ सय ५४ कुल सङक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार २ सय ८६ छ । त्यहाँ संक्रमणबाट २ लाख ७ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *