स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने

कोहलपुर, असोज ९,

कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ ।

‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने वीवीसीले लेखेको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ । यूके सरकारले ह्यूमन च्यालेन्ज स्टडीज मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ ।

हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले आफ्नो वेइवसाइटमा लेखेको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *