डिपि रिजालका ३ मुक्तक

मुक्तक–एक

जीन्दगी खाली कागजको पाना हुनुपर्छ
आज तिम्रो भोली अरुको जमाना हुनुपर्छ
आफ्नो भागको खाना गोजीमा लुकाउनुभो
पक्कै घरमा छोरा छोरी स–साना हुनुपर्छ

मुक्तक–दुई

म धरतीको धुलो हुँ जूनको कुरा नगर
नुनको अभावमा छु सुनको कुरा नगर
आफ्नाहरुबाटै बिचलित भएको बेला
परायाको कुरा नगर उनको कुरा नगर

मुक्तक–तीन

कुकुर हो कहिले काहीँ यत्तिकै भुक्छ बाल दिनहुन्न
आफैमा फर्किन्छ जसले माथी थुक्छ बाल दिनहुन्न
नियत, मन सफा राख्नुस् जस्ले जे भनोस् महाशय
हात्ती लम्किँदै गर्छ, अनि पिना सुक्छ बाल दिनहुन्न

डिपि रिजाल
बाफिँकोट, रुकुम
हाल–अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *