बाँकेमा कोरोना संक्रमण र निको हुनेको संख्या बराबर, कोरोनाले एकको मृत्यु

कोहलपुर, असोज ९,

बाँके जिल्लामा कोरोना संक्रमण र निको हुनेको दर बराबर रहेको छ ।

जिल्लामा कोरोना संक्रमण भएर विभिन्न आईसोलेशनमा राखेका व्यक्तिहरु निको भएर घर फर्किरहेका छन् । शुुक्रबार बाँकेमा रहेका विभिन्न आइसोलेसन सेन्टरबाट ५ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण भई भदौ २६ गते भर्ना भएर आईसोलेसनमा १४ दिन बिताएका ५ पुरुषलले कोरोना जितेर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिकाका फरक/फरक वडाका व्यक्ति रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।

यसैगरि बाँकेमा बिहिबार राती थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार राती बाँकेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहिबार राती आएको कोरोना परिक्षणको नतिजामा ५ महिला र ५ पुरुष गरी नेपालगन्जका ७ र कोहलपुरका ३ संक्रमित थपिएका हुन ।

यसअघि बिहिवार एकैदिन बेलुकासम्म बाँकेका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पटक पटक गरी बाँकेका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । डिस्चार्ज भएका समेतगरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ५० छन् जसमध्ये चार महिला र आठ पुरुष गरी १२ जनाको ज्यान गइसकेको छ । अव जिल्लाका विभिन्न आइसोलेसनमा अन्य जिल्लाका ७ जनासमेत गरी ३ सय ८४ जना बसिरहेका छन् ।

यता कोरोना संक्रमणका कारण नेपालगन्जका एक पुरुषको ज्यान गएको छ । नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण उपचारका क्रममा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमाज्यान गएको हो । यो सगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *