भारतको मुम्बईमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३८ घाइते

१४ पौष, २०७४
मुम्बई : भारत मुम्बईस्थित एक भवनमा आगलागी हुँदा १४ जनाको जलेर मृत्यु भएको छ ।

मुम्बईको लोअर परेल इलाकास्थित घरमा लागेको आगोका कारण अन्य ३८ जना घाइते भएका छन् । घाइतेमध्ये २५ जनाको केएम अस्पताल र १३ जनाको हिंदुजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जसमध्ये २ को अवस्था गम्भिर रहेको बिबिसी हिन्दीले जनाएको छ ।

आगो कमला मिल्स कम्पाउण्डमा लागेको हो । भवनको माथिल्लो तलामा रहेको पबबाट आगो सल्केको बताइएको छ ।

आगलागी भएको ठाउँमा केही मिडियाका कार्यालय तथा होटल रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *