अस्ट्रेलियामा आप्रवासी मुलका बासिन्दामध्ये नेपालीको रोजगारी पहिलो स्थानमा ।

काठमाडौं,३० कात्तिक । अस्ट्रेलियामा विदेशी मुलका  रोजगारी दर बढि हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस्थानमा रहेको एक तथ्यांकले देखाएको छ । ‘पाँच नेपाली युवामध्ये चारले काम पाउने गरेको देखिएको छ,’ नेपाली मुलका बासिन्दाको बेरोजगारी दर २० दशमलव आठ प्रतिशत रहेकाे अस्ट्रेलियाको तथ्यांक विभागले सन् २०१६ को जनगणनाको आँकडा सार्वजनिक गर्दै उल्लेख गरेको छ ।हालै सार्वजनिक भएको उक्त आँकडाअनुसार ७९ दशमलव दुई प्रतिशत नेपाली मुलका युवाले अस्ट्रेलियामा काम पाइरहेका छन् । १५ वर्ष उमेर समूहदेखि माथिका मानिसबाट रोजगारीसम्बन्धि तथ्यांक संकलन गरिएको हो ।

नेपालीपछि कामप्राप्तिका आधारमा जिम्बाबे, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलका मानिस छन् । उनीहरुको रोजगारीको दर क्रमशः ७६ दशमलव चार, ७३ दशमलव पाँच र ७१ दशमलव आठ प्रतिशत छ । अस्ट्रेलियामै जन्मेका नागरिकको तुलनामा विदेशी मुलका मानिसको रोजगारीको दर हाराहारीमा आइसकेको छ । ‘अस्ट्रेलियामा जन्मेका १० मध्ये ६ जनाले रोजगारी पाइरहेको देखिन्छ,’ विभागको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियामै जन्मेकाहरुमा रोजगारीको दर ६२ प्रतिशत छ भने विदेशी मुलको रोजगारी दर ५६ प्रतिशत छ ।अस्ट्रेलियामा स्थायी बसोबासको सुविधा पाउने गरी लगभग आधा लाख नेपाली मुलका मानिस छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *