राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण
१४ पौष, २०७४
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले बिहीबार बिहान भेटे लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।
एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।
तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्यो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।
तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।
अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ ।