आफ्नो बुबाको किरिया गर्दै १२ वर्षिय बालिका एलिजा

विजय परियार
कोहलपुर, भदौ, ३०

छोराले मात्रै बुबा आमाको काजकिरिया गर्ने नेपाली चलनलाई दाङ जिल्लाको तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ५, सम्झना टोलकी एलिजा सुनामले चुनौती दिएकी छन् । घरको छतबाट खसेर बुबा कमल परियारको ३५ वर्षको उमेरमा भाद्र २५ गते निधन भएपछि एलिजा आफैँ बुबाको किरीयापुत्री बनेकी हुन् ।

आमा बुबासँगै बस्दै आएकी एलिजाले बुबाको निधनपछि आफ्नो बुबाको किरीया आफैँ गर्ने भनेपछि सहयोग गरेर उनैलाई काममा राखिएको समाजमा छोराकै पछि लाग्नेहरुका लागि यो गतिलो जवाफ भएको एलिजाका मामा रुपलाल परियारले बताउनुभयो । १२ वर्षिया कक्षा ६ मा अध्यनरत एलिजा परिवारकी दुई छोरीहरु मध्ये जेठी छोरी हुन् ।

घरको छतबाट खसेर उपचार गराईरहेका कमल परियारको उपचारकै क्रममा भाद्र २५ गते काठमाडौँको नेशनल अस्पतालमा निधन भएको थियो । उपचार गराउँदा गराउँदै भएभरको सबै सम्पत्ती सकियो, अब कसरी दुई छोरीहरु पाल्ने कमलकी श्रीमति पुतली परियारले भनिन् । उनले छोरीहरुको लालनपालन र आफूले केही व्यवसाय गर्न पाए बाँच्ने आधार हुने थियो भन्ने चिन्ता व्यक्त गरिन् ।।


छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना बुबाको अन्त्येष्टि लगायतका सम्पूर्ण क्रियाकर्म आफैले गरेको एलिजाको भनाई छ ।

एलिजाको शिक्षादिक्षाको व्यवस्थापन गर्नका लागि सबैले सहयोग गर्न आवश्यक रहेको छ । एलिजाले छोरीहरु पनि छोरा सहर समाजका अभिन्न अङ्ग हुन भन्ने भएको सन्देश दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *