लागू औषध अफिम सहित २ जना पक्राउ, ‘आवश्यक अनुसन्धान भईरहेको छ’–एसपी राना

कोहलपुर, भदौ ३०,

जिल्ला प्रहरी कार्यालय बाँकेले १० किलो अफिम सहित २ जनालाई पक्राउ गरेको छ ।

सोमबार दाङबाट लागु औषध अफिम बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिका १ कुशुम नाका हुदै बाँके जिल्लामा ल्याउन लागेको बेला उनीहरुलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक समेतको विशेष टोलीले ०६ः३० बजेको समयमा जिल्ला बाँके राप्तीसोनारी १ को कुशुम बजार स्थित पक्राउ गरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सडक बाटोमा शंकास्पद हिडिरहेका जिल्ला रुकुम (पुर्व) पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ८ वस्ने धन बहादर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ वस्ने वसन्त घर्ति मगर लाई चेकजाँच गर्ने क्रममा निज धन बहादुर सेनले बोकेको लेखेको झोला भित्र प्लाष्टिक पोका बनाई राखेको अफिम जस्तो देखिने पदार्थ १० पोका अफिम बरामद गरिएको एसपी ओम बहादुर बताए ।

करिब १० किलोग्राम लागू औषध अफिम फेला पारी उनीहरुलाई नियन्त्रणमा आवश्यक अनुसन्धान भईरहेको एसपी रानाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *