चार वर्षसम्म पनि बन्न सकेन झोलुङ्गे पुल

कोहलपुर, भदौ ३०,

मुगुको उत्तरी क्षेत्रमा पर्नेसोरु गाउँपालिका वडा नम्बर ४ फोतु गाउँ र हुम्लाको जैरकोट जोड्नका लागि चार वर्ष अघि निर्माण थालिएको झोलुगें पुल हालसम्म निर्माण हुन सकेको छैन ।

मुगु सोरु गाउँपालिकाका स्थानीयवासीले झोलुगें पुल बनाउन खोजे पनि हुम्लाका जैरकोटका स्थानीयवासीले अहिलेसम्म पुल निर्माण गर्न नदिएको झोलुगें पुल निर्माण समिति फोतुका अध्यक्ष बिर्खबहादुर शाहीले बताए । हुम्ला र मुगुको सिमाना रहेको हुम्ला कर्णाली नदिमा चार वर्ष अगाडी झोलुगें पुल निर्माण कार्य सुरु भएको थियो ।

पुलका लागि सबै सामान आए पनि हुम्लाका जैर गाउँका नागरिकले पुल निर्माण गर्न नदिएपछि पुलमा प्रयोग हुने सामाग्री समेत अलपत्र भएको समितिका अध्यक्ष शाहीले बताए । झोलुगें पुल निर्माण भएपछि आफ्नो वनबाट घाँस दाउरा चोरी हुने भन्दै हुम्ला जैर गाउँका नागरिकले पुल बनाउन नदिएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *