कविता–बाल दिवस

कविता–बाल दिवस

बाल दिवस हो हामीलाई समर्पित दिन
खेल्दै पढ्दै मिलिजुली गरौ मनोरंजन
बालअधिकारले प्राथमिकता सधै पाउनुपर्छ
पुरा गर्ने दायित्व सरकारले लिनुपर्छ ।

बालवालिकालाई सबैले राख्नुपर्छ सुरक्षित
भविश्यमा गर्नेछों सबैको हामीले नै हित
त्यसैले भन्छन् बालबालिका भविष्य कर्णधार
हामी नै हौ देश विकासको दर्‍हो पूर्वाधार ।

बन्द गर्नुस् आजैबाट, बालबालिकालाई हेप्न
नदिनुस ल बालप्रतिभा यत्तिकैमा मर्न
जस्तो देख्यो त्यस्तै सिक्ने हामी साना नानी
राम्रो सिक्ने असल हुने लगाइदिनुस बानी ।

घरपरिवारमा हाँसो खुशी हामीले नै दिन्छौ
भविष्यको जिम्मा देशको हामीले नै लिन्छौ
बचाउनुहोस् बालापनलाई धेरै माया गरी
आज एकदिन मात्र हैन, सँधै जुगभरी ।

विवेक श्रेष्ठ
सौरदीप बोर्डिङ स्कुल्, बनस्थली, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *