बाँकेमा कोरोना परिक्षणमा दिनानुदिन उच्च सङ्क्रमण

कोहलपुर, भदौ २८,

बाँकेको भेरी अस्पतालमा गरिएको कोरोना परिक्षणमा दिनानुदिन उच्च सङ्क्रमण देखिरहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार आईतबार अपरान्ह ४ बजेसम्म २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको पिसिआर परीक्षणमा २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेकाले सर्तक रही घरमै बस्नु प्रजिअ कुरुम्वाङले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *