कोरोनाको कहर, विभिन्न क्षेत्रमा परेको असर, बाँकेको दैनिकी अस्तव्यस्त

बिधुत्मा रैका,
कोहलपुर, भदौ २८,

तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र तथा हालको प्रदेश नम्बर ५ को तराईमा पर्ने एक सुगम तथा विकसित जिल्ला हो । आर्थिक दृष्टिकोणले समग्र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ ।

यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । यहाँ हिमाली, पहाडी जिल्लाबाट पढाई, रोजगार तथा ज्याला मजदुरीको लागि थुप्रै मानिसहरु आउने गरेका छन् । नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्रका रुपमा विकसित भैरहेको छ । कोहलपुर सिङ्गो कर्णाली तथा सुदुर पश्चिमको पर्वेशद्वार हो ।

स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर को रूपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानिदैं आएको छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गरिन्छ । नेपालगञ्ज विमानस्थल क्षेत्रीय विमानस्थलको रूपमा रहेको छ । बाँके राष्ट्रिय निकुञ्जका साथै यहाँका विभिन्न पर्यटकिय ठाउँहरुले बाँकेलाई चिनाएको छ । रोजगारी, व्यापार व्यवसाय, कृषि, पशुपालन यहाँका मानिसहरुको मुख्य पेशा रहेको छ ।

यहाँ हरेक धर्म र जातजातिका मानिसहरूको मिश्रित बसोबास रहेको छ । बागेश्वरी मन्दिर, बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू बाँकेका सांस्कृतिक धरोहरहरू हुन् । यहाँ छिमेकी मुलुक भारतबाट पनि अध्ययन, रोजगारी, व्यापार तथा मजदुरीको मानिसहरु आउने गर्छन । बिश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ बाट बाँके पनि अछुतो रहन सकेन । समग्र जिल्लालाई कोरोनाको कहरले आक्रान्त बनाएको छ । कोरोना भाइरस महामारीका कारण जिल्ला नै आक्रान्त बनेको छ । जिल्लामा दर्जन मानिसको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण जिल्लामा आयोजना हुने ठूला सभासम्मेलन प्रभावित भएका छन् । कोरोनाका कारण यहाँको जनजीवन निकै अस्तव्यस्त बनाएको छ । मानिसहरु एक अर्काको नजिक हुनै डराउँछन् । बाहिर हिडडुल गर्न पनि समस्या भएको छ । दैनिक ज्याला मजदुरी गर्नेहरुलाई कोरोनाले झनै असर गरेको छ । ज्यालामजदुरीले दैनिक जीविका गुजारिरहेका उनीहरुलाई आफु बसेको कोठाभाडा त परैको कुरा साँझ बिहान हातमुख जोर्न समेत मुस्क्लि परिरहेको छ । ज्यामी काम गर्दै आएकी कोहलपुर मैटहवा बस्ने ४७ वर्षिय धना गुरुङलाई कोरोना भाइरसको भन्दा पनि बिहान बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता छ । ढुङ्गा, गिट्टि, बालुवा र इँटा बोकेर परिवार पाल्दै २ छोरीलाई विद्यालय पढाउँदै गरेको गुरुङले बताईन् । बालुवा र इँटा बोकेबापत दैनिक ५ सय पारिश्रमिक पाउने गरेको र यही पैसाले परिवार धान्ने गरेको उनले बताइन् ।

बाँकेमा ८ जनाको जना मानिसको कोरोनाका कारण मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ४ जना पुरुष र ४ महिला रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरु विभिन्न रोगबाट ग्रसित रहेको अस्पतालहरुले जनाएका छन् । गत बैशाख, जेष्ठ, असार र भदौ महिनामा जिल्लामा १४१९ जनालाई कोरोना पोजेटिभ देखाएको छ । जसमध्ये ३४३ जना महिला १०७६ जना पुरुष संक्रमित भएका छन् । जिल्लामा हालसम्म डिस्चार्ज हुनेको संख्या ९९६ पुगेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आईसोलेशन सेवा र पिसिआर जाँच सम्बन्धि विवरण
जिल्लामा १८ आईसोलेशन रहेका छन् । कोरोनाका लागि १०२६ वेड बनाईएको छ । १८ वटा आ.ई.सि.यु. रहेका छन् । ११ वटा भेन्टिलेटर राखिएको छ । १२३ जना महिला, २८९ जना पुरुष गरि ४१२ जनालाई शंकास्पद र पोजेटिभ आईसोलेसनमा राखिएको फोकल पर्सन श्रेष्ठले बताए । हालसम्म २२६५६ जनाको स्वाब संकलन गरिएको छ । ७२ वटा नयाँ स्वाम्वल संकलन गरिएको श्रेष्ठले बताए । जसमा २११७२ जनाको रिर्पाेट नेगेटिभ आएको छ भने १४०४ जनाको रिर्पाेट पोजेटिभ आएको छ ।

बाँकेका ८ स्थानीय तहमा क्वारेन्टिनमा बसेकाहरुको विवरण
जिल्लाका आठ वटै स्थानीय तहमा ८ वटा क्वारेन्टिन रहेका छन् । ८ वटा क्वारेन्टिनमा ६ सय ८९ वटा वेड रहेका छन् । आरडिटि जाँच नगरी ९०७१ जनालाई डिस्चार्ज गरिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । जिल्लामा एक महिना भित्र भदौ २७ गतेसम्म ७०६८ जना फिर्ता भएका छन् । भने ४४५६ पनि फिर्ता हुँदा जम्मा फिर्ता हुनेको संख्या १३६४८ पुगेको छ । महिला ५१, पुरुष १५२ जम्मा २०३ जना रहेका छन् । ११६३१ जनाले हालसम्म सेवा लिएका छन् ।

अहिलेसम्म औषधि नबेका कारण पनि कोरोना भाइरस नियन्त्रणका लागि सामाजिक दूरी नियमित हाँत धुने लगायतको काम गर्न आवश्यक हुन्छ । कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्यकर्मी, चिकित्सकहरुले स्वच्छतामा विशेष ध्यान दिन सल्लाह दिई रहेका छन् । दैनिक १५ पटकभन्दा बढि हात धुने वा बारम्बार स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

कोरोना महामारीको कारण विश्वकै अर्थतन्त्र थिलोथिलो भइरहेको अवस्थामा बाँके जिल्लाको आर्थिक क्षेत्र पनि निकै खस्किएको छ । यतिबेला बाँकेको व्यापार व्यवसाय, यातायात, शैक्षिक संस्था, कलकारखाना, पर्यटन व्यवसाय, रिक्सावाला, होटल, रेस्टुरेन्ट, गेस्ट हाउस, सुन चाँदी व्यवसाय, बैंक वित्तिय संस्था लगायत सबै किसिमका व्यवसाय चौपट अवस्थामा पुगेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पहिलो निशाना यहाँको यातायात, व्यापार व्यवासय, पर्यटन क्षेत्र बन्न पुगेको छ ।

कोरोना संकटले पर्यटकसँग सम्बन्धित रहेर दैनिक उत्पादन गरी जीविकोपार्जन गर्ने रिक्सावालदेखि ठूला पर्यटन उद्योगीलाई बेकामे बनाएको छ । पर्यटन व्यवसायसँग आवद्ध सबै क्षेत्र यतिबेला स्थिर बनेका छन् । लाखौंले रोजगारी गुमाएका छन् । लगानी गरिएको पूँजीले उत्पादन गर्न सकेको छैन । आम्दानी शून्य भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनले जिल्लामा विभिन्न पेशा व्यवसाय गर्दै आईरहेका मानिसहरुलाई बैंक तथा सवारीको किस्ता, घरभाडा, व्याज, कर बुझाउन समस्या भएको छ ।

जिल्लाको कोहलपुरमा कोरोनाको जोखिमसँगै भएको लकडाउनले सुनचाँदी व्यवसाय पनि ओरालो लागेको छ । लकडाउनपछिको यो ६ महिनामा सुनचाँदीको व्यवसायीहरु सबैभन्दा बढी घाटा वेहोर्नु परेको छ । लकडाउनपछिको यो ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा भएको बाँके सुन चाँदी तथा गहना व्यवसायी संघका संस्थापक बाल कृष्ण विश्वकर्माले बताए ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनले सबैभन्दा धेरै आर्थिक तथा व्यवसायिक क्षेत्रमा प्रभाव परेको कोहलपुर उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष चक्र बहादुर अधिकारीले बताएका छन् । विशेषगरि होटल व्यवसाय, उद्योग धन्दा, शिक्षा, यातायात व्यवसाय जस्ता क्षेत्रमा लकडाउनको नराम्रो प्रभाव परेको अध्यक्ष अधिकारीले बताए ।

कृषि, उद्योग र आन्तरिक व्यवसायमा अहिलेको संकटको असर परेको छ तर एउटा परिमाणमा स्वचालित भएका छन् । वर्तमान संकटको समयमा आफ्नो समस्यालाई छातिमा राखेर समाजमा संक्रमणको विस्तार नहोस् भनेर आफ्ना व्यवसायलाई सरकारले तोकेको निर्णयभन्दा बाहिर गएर सञ्चालन गर्ने अभ्यास गरेका छैनन् । विभिन्न स्वास्थ्यका मापदण्ड अपानाएर हाल जिल्लामा पेशा व्यवसाय क्रमिक रुपमा संचालन भैरहेका छन् ।

कोरोनाको पहिलो चरणमा अतिप्रभावित भएका मुलुकहरू चीन, इटली, स्पेन, बेलायत र अमेरिकाम संक्रमणको विस्तार नरोकिए पनि पुरानै तरिकाको लकडाउनको अवस्थालाई अन्त्य गरेका छन् । हाम्रो देशमा भने लकडाउन अगाडिको समयमा भन्दा लकडाउन कार्यान्वयनको समयमा संक्रमणको विस्तार क्रमशः बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । विशेषगरी छिमेकी देश भारतबाट रोजगारी गुमाएर फर्केका नेपालीको उचित समयमा उचित ढंगले क्वारेन्टीन व्यवस्थापन गर्ने कार्य नगर्दा अहिले हाम्रो समुदायस्तरमा संक्रमण फैलिन पुगेको छ ।

कोहलपुर नगरपालिकाले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैयाँ खर्च गरेको नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारले बताएका छन् । वर्तमानमा हामीले भोगिरहेको कोरोना संकट र भविष्यमा पनि आउनसक्ने यस्तै संकटलाई छिचोल्दै निरन्तर चलायमान बनाउनको लागि हामीले अब यस क्षेत्रसँग सम्बन्धित नीतिमा केही परिमार्जन गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *