अछामका बाढी तथा पहिरो पीडितलाई तरुण दल र ने.वि.संघको आर्थिक सहयोग

कोहलपुर, भदौ २७,

स्वर्गिय नेता बि.पि. कोइरालाको १०७ औं जन्म जयन्तिको अबसरमा प्रकोप बाढि पहिरोमा परि ज्यान गुमायका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल तरुणदल र नेपाल बिद्यार्थी सँघ नगर कार्यसमिति कमलबजार अछामको साझेदारिमा बाढि पहिरोमा परि ज्यान गुमायका परिवारलाई आर्थिक सहयोग गरिएको हो । बाढी पहिरोमा परि धनजन तथा अन्य क्षेती बेहोरेका पीडित परिवारलाई प्रति परिवार ३६ हजार ६ सय ५ रुपैँया सहयोग गरिएको हो ।

अफ्ठेरो परिस्थितीमा जीवन गुजारिरहेका पीतिडहरु परिवारहरुको आलो घाउमा थोरै भएपनि मलहम लगाउने उद्देश्यका साथ आर्थिक सहयोग गरिएको हो । उक्त रकम राहत कोष रामारोशनका सयोजक पुस्प बिष्टलाई हस्तान्तरण गरिएको छ । कमलबजार नगरपालिका वडा नम्बर १० का नृप बहादुर बिष्टको संयोजकत्वमा रकम संकलन गरिएको थियो ।

नेपाल तरुणदल नगर कार्य समिति अध्यक्ष मीन ब बिष्ट, नेपाल तरुण दल नगर कार्य समिति सचिब नेत्र प्रसाद ढकाल, नेपाल बिद्यार्थी सँघ के आई सि कलेजका इकाई सचिब कपिल भण्डारी, नेपाली काग्रेस पुर्ब पार्टि कार्यलय सचिब महेश प्रसाद जैसी, नेपाल लेखक सँघ अछाम सदस्यराम अबिरल बिष्ट लगायतले आर्थिक सहयोग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *