मन्त्रीलाई टेर्न छाडे सचिव, मुख्यसचिवमाथि खनिए मन्त्रीहरू

१४ पुस, २०७४,काठमाडौँ :

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवले टेर्न छाडेको विषयलाई लिएर विहीबारको मन्त्रिपरिषद बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीमाथि मन्त्रीहरु खनिएका छन  ।

बिहीबार बिहान १० बजेदेखि सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्री-मन्त्री र मन्त्री-मुख्यसचिवबीच आरोप-प्रत्यारोप भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्नुपरेको थियाे ।

समाचार अनुसार बैठकको सुरुमा पर्यटन मन्त्री जितेन्द्र देवले सरुवा, बढुवा र राजनीतिक नियुक्ति गर्न नदिएर सचिवहरुले वाधा उत्पन्न गरेको तथा मन्त्रीहरुको निर्देशन पनि टेर्न छाडेको भन्दै विषय उठान गरेका थिए ।

नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार मुख्य सचिव रेग्मी र सचिवहरुले काम गरिरहेको तथा आफूहरुलाई नटेरेको आरोप मन्त्रीहरुले लगाएपछि बैठक असहज बनेको थियो । त्यसमा मुख्यसचिव रेग्मीले भने प्रतिवाद गरेका थिए ।

नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *