अनलाईन जुम एप मार्फत कोरोना नियन्त्रणका उपायबारे छलफल

बिधुत्मा रैका,
कोहलपुर, भदौ २१,

द सुहास फाउण्डेशनले अहिले महामारीको रुपमा फैलिरहेको कोभिड १९ को नियन्त्रण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको छ ।

द सुहास फाउण्डेशनले अनलाइन जुम एप मार्फत सेमिनार विभिन्न व्यक्तिहरुसँग कोरोनाको रोकथाम, नियन्त्रण तथा फैलावटलाई के कसरी रोक्न सकिन्छ भन्ने बारे छलफल गरेको छ । शनिबार अनलाईन एप जुम मार्फत फाउण्डेशनले छलफल गरेको हो ।

सेमिनारमा कोरोना भाइरस, सङ्क्रमण प्रक्रिया, आजको अवस्था, रोकथामका उपायहरु, कोरोना सङ्क्रमण सम्बन्धी भ्रम तथा सत्यता, सरकारले स्वास्थ्य सम्बन्धी अपनाएका नीति तथा नियमहरू, अग्र पङ्तीका स्वास्थ्य सेवकहरुले पाएको सुविधा र चुनौतीहरूका विषयमा छलफल गरिएको थियो । जुनमा सहभागीहरुलाई सरकार र समुदायस्तरमा कोरोना नियन्त्रणमा देखिएका कमजोरीहरू, भविष्यमा सरकारी तह र स्वास्थ्य संस्थाहरुले अपनाउन पर्ने उपायहरु, व्यक्ति र समुदायको दायित्व, कोरोना कहर पछिको स्वास्थ्य सेवा लगायतका बिषयमा जानकारी गराईएको थियो ।

सेमिनारमा डा. दिवित अधिकारी (वरिष्ठ नाक, कान घाँटी बिशेषग्य ) र जन स्वास्थ्य अधिकृत शैलेश पण्डितको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सह–संथापक लोकराज ढकाल र कृतिका थापाले गरेका थिए । द सुहास फाउण्डेश ‘सबैको स्वास्थ्य, हाम्रो प्रयास’ एवम डक्टर स्टोरी नेपालको मिडिया पार्टनरमा सेमिनार भएको हो । सेमिनारमा करिब ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सेमिनारमा सहभागी सम्झना पाण्डेले कोरोना संक्रमणबाट मृत्यु भएकाको लासलाई स्यानिटाईज गरेर आफन्तलाई बुझाउन सकिन्छ कि सकिँदैन भन्ने बारे प्रश्न गरेकी थिईन् । जवाफमा डा. दिवित केमिकलको प्रयोग वा कुनै बिधीले लासको शुद्दिकरण गर्दा पनि त्यसबाट पुर्ण रुपमा जोखिम नहट्ने भएकोले परिवारलाई अन्तिम संस्कारको लागि दिन नमिल्ने बताए ।

कोरोना भाईरस नियन्त्रणमा सरकारका के कस्ता कमजोरी छ्न् भन्दै उषा भण्डारीले प्रश्न गर्दा शैलेश पण्डितले मानव शक्ति र श्रोतको व्यवस्थापनमा कमजोरी, स्वास्थ्य मन्त्रालय र अस्पतालहरुबिच समन्वयको कमि, केस इन्भेस्टिकेशन र कन्ट्याक्टेड ट्रेसिङ (CICT)मा कमजोरी, अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई प्रोत्साहनको कमि बताएका कार्यक्रम संचालक लोकराज ढकालले बताए।

स्वास्थ्य संस्थाले गर्नु पर्ने सुधारहरुको बारेमा प्रश्न गर्दा आईसोलेसन हस्पिटलको निर्माण गर्ने, आईसियु भेन्टिलेटरको सेवा अभिवृद्धि गर्नु पर्ने, ल्याब परीक्षणको अभिवृद्धि, व्यापक स्वास्थ सेवा नीति परिचालन गर्नु पर्ने सेमिनारका वक्ता शैलेश पण्डितले बताए ।

सेमिनारका लागि करीब एक घण्टा समय अवधि छुट्टाएको भएपनि समय अपुग भएका कारण पैंतालीस मिनेट थप्नु परेको थियो । द सुहास फाउण्डेशन स्वास्थ्यसँग सम्बन्धीत सामाजिक, मानसिक, शारीरिक समस्याहरूको उजागर गर्ने र केही हदसम्म त्यसको न्यूनीकरण गर्ने उद्देश्यले खोलिएको एक स्वतन्त्र संगठन हो। फाउण्डेसनले यसभन्दा अघि पनि विभिन्न कार्यक्रम गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *