कमल थापाले मागे आफ्नै मन्त्रीको राजीनामा

१४ पुस,२०७४,काठमाडौँ :

राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले बैठकमै पर्यटनमन्त्री दिलनाथ गिरीको राजीनामा मागेका थिए । आफ्नै पार्टीबाट सहभागी मन्त्रीको राजीनामा मागेपछि देउवाले पछि छलफल गर्ने भन्दै विषयान्तर गरेका थिए ।

आफूले नेतृत्व गरेको मन्त्रालयमा सहरी विकासकै अनुभवी रमेशप्रसाद सिंहलाई सचिव बनाउनुपर्ने प्रस्ताव मन्त्री गिरीले राखेका थिए । उक्त प्रस्ताव सुन्नासाथ पहिला थापाले आपत्ति जनाए । ‘मलाई नसोधी यो प्रस्ताव कहाँबाट ल्याउनुभयो ?’ थापाले उक्त प्रश्न राख्नासाथ दुई जनाबीच विवाद चर्किएको सहभागी एक मन्त्रीले बताए ।

‘जवाफमा गिरीले मन्त्रालयको कामको प्रकृति र विषय हेरी हालको सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माभन्दा सिंह उपयुुक्त हुने भन्दै हेरफेर गर्नुपर्ने बताएका थिए  । ‘गिरी अडानमै रहेपछि थापाले दोहोर्‍याएर राजीनामा मागे । त्यसपछि गिरीले राजीनामा माग्ने अधिकारी थापालाई नभएको जिकीर गरेका थिए ।

कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *