कोरोना विरुद्धको खोपको लागि हुने पहलमा अमेरिका सहभागि नहुने

कोहलपुर, भदौ १८,

अमेरिकाले कोरोना भाइरस विरुद्धको खोपको लागि कुनै पहल नगर्ने भएको छ ।

कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउनका लागि हुने कुनैपनि किसिमको अन्तर्राष्ट्रिय पहलमा अमेरिकाले सहभागिता नजनाउने बताएको छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा सुरक्षित र प्रभावकारी खोपको अनुमति पाउन र त्यसको लाइसेन्स प्राप्त भइसकेपछि सबैको पहुँचमा खोपलाई न्यायसंगत रुपमा पु¥याउन तथा सुनिश्चित गराउनका लागि विश्वका १ सय ७२ देशको पहलमा अमेरिकाले सहभागिता नजनाउने बताएको हो ।

अमेरिकाले कोरोना भाइरस महामारीको विषयमा विश्व स्वास्थ्य संगठनमाथि पटक पटक आरोप लगाउँदै आएको छ ।कोरोना महामारीको विषयलाई लिएर असन्तुष्ट बनेको अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्दै संगठनबाट अलग्गिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *