सीपीएलमा सन्दीप लामिछानेको टिम जमैका तलावाज पराजीत

कोहलपुर, भदौ १७,

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तलावाजले पराजीत भएको छ ।

हिजो भएको खेलमा जमैका शिर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो । बलिङ राम्रो भएपछि ब्याटिङमा आज पनि जमैकाले राम्रो गर्न सकेन । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको जमैकाले १४ रनमा दोस्रो विकेट खेर फालेको थियो ।

जारी प्रतियोगितामा नाइट राइडर्सले सात खेलमा सातमा जित निकाल्दै १४ अंक बनाएको छ । जमैकाको भने सात खेलमा चौथो हार हो । उसको ६ अंक छ ।ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । बलिङमा सन्दीप लामिछानेले चार ओभरमा २० रन दिएर एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *