बाँकेमा प्लाज्मा थेरापीको प्रयोग सुरु

बिधुत्मा रैका,
कोहलपुर, भदौ १५,

बाँके जिल्लामा सोमबारदेखि प्लाज्मा थेरापीको माध्यमबाट उपचार सेवा शुभारम्भ गरिएको छ ।

भेरी अस्पताल र नेपाल रेडक्रस सोसाइटी, बाँकेको सहकार्यमा प्लाज्मा थेरापीको माध्यमबाट उपचार सेवा शुभारम्भ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताएका छन् । कोरोना भाईरसका सिकिस्त बिरामीहरुका लागि प्लाज्मा थेरापिको माध्यमबाट उपचार सेवा सुरु भएको हो ।

प्लाज्मा थेरापीको सम्पुर्ण तयारी पुरा भै सोमबारदेखि बिरामीको लागी सेवा सुरुआत गरिएको प्रजिअ कुरुम्वाङले बताए । कोरोना भाईरस पोजेटिभ भएर निको भएको १४ दिन पुगेका नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल प्लाज्मा थेरापीबाट पहिलो रक्तदान गरेका छन् ।

गर्नु भएकोे मा उहाँ धन्यवाद को पात्र हुनुहुन्छ । यस्तै पुनित कार्य बिगतमा पोजेटिभ भई निको भएर जानु भएका महानुभाबहरुबाट हामी अपेक्षा गर्दछौं । पहिलो पटक प्लाज्मा थेरापीको प्रक्रिया अपनाएकोले रिजाललाई सबै सरोकारवालाहरुले धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *