जहाँ स्तनको पुजा गरिन्छ–रोचक जानकारी

काठमाण्डौं, ३० कार्तिक,संसार नबुझ्नेलाई केहि हैन तर बुझ्ने र रुची राख्नेहरुलाई यो संसार बडो रमाइलो लाग्छ । ठाउँ, संस्कृति, रहनसहन अनुसार सबैका क्रियाकलापहरुमा विविधता छन् ।

विश्वमा अनेक प्रकारका धार्मिक आस्था जोडिएका मन्दिरहरु छन् । नेपालमा ठाउँ अनुसार फरक फरक खाने मन्दिरहरुका फरक फरक देविदेवताको पुजाआजा हुन्छ । धर्मिक कुराहरुसँग जोडिएका र विभिन्न थरीका मन्दिर तथा शक्तिपिठहरु पनि रहेका छन् । हिन्दु धर्मग्रन्ध अनुसार पनि सतिदेवीको विभिन्न अंग पतन भएका ठाउँहरुमा विशेष गरि शरीरका अंगहरुको पुजाआजा हुँदै आएको छ ।


जापानमा शक्तिशाली देश हो तर त्यहाँ एउटा यस्तो मन्दिर छ जहाँ भगवानको होइन स्तनको पुजा हुन्छ । स्तनकी देवी छिछिगमिसमको नामले परिचित यो मन्दिरमा वर्षौदेखि धुमधामले स्तनको पुजाआजा हुँदै आएको छ । त्यहाँमा मानिसहरुले पनि यस मन्दिरमा विशेष महत्वका साथ पुजाआजा गर्दै आएका छन् ।

मन्दिरमा परिसरमा थुर्पै स्तनका आकारका मूर्तिहरु राखिएका छन् । त्यहाँ आउने भक्तजनहरुले मन्दिरमा फूलपाति अक्षताको साटो स्तनका डमीहरु चढाएर आफ्नो मनमा लागेको वरदान माग्ने गर्दछन् । मन्दिरभरि कपडा तथा कपासबाट बनाइएका स्तनका डमीहरुले मन्दिर सजिएको छ ।


स्तनकी देवी छिछिगमिसमको नामले परिचित यस मन्दिरमा आएर स्तनका मूर्तिहरुलाई पुजा गर्नाले विशेष गरि महिलाहरुले विभिन्न खाले यौनरोगहरुबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

यो मन्दिरमा सुरक्षित गर्भाधारण तथा स्तन क्यान्सरबाट बच्ने कामनासहित स्तनको पुजा गर्ने गरिन्छ ।
वाकायामा भन्ने सहरका एक प्रख्यात डाक्टरले आफ्नी श्रीमतिको स्तनमा क्यान्सर रोग देखा परेपछि उनको रोग निको होस् मन्दिरमा स्तनको प्रतिर्मूित चढाएर पुजा गरेको र पुजापछि उनकी श्रीमतिलाई लागेको क्यान्सर रोग निको भएको भन्ने किम्बदन्ती रहिआएको छ । यहि कुरालाई आधारमानि यस मन्दिरमा स्तनको पुजा हुने गरेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *