विदेशी लाइसेन्स नेपालीकरण प्रकरण : यातायातका उपसचिव र शाखा अधिकृत पक्राउ

१३ पौष, २०७४
काठमाडौं : विदेशी लाइसेन्स नेपालीकरणको नाममा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सुकेधाराका उपसचिव र शाखा अधिकृत पनि पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।

यातायात व्यवस्था विभागले उनीहरुलाई बुधबार जिम्मेवारीमुक्त गरी कारबाही गर्न अख्तियारलाई फाइल पठाएको थियो। आयोगले लगत्तै उनीहरुलाई पक्राउ गरेको हो। जिम्मेवारीमुक्त गरिए पनि उनीहरु बिहीबार सुकेधारास्थित कार्यालयमै भेटिएको अख्तियारका एक अधिकारीले बताए।

यातायात कार्यालय सुकेधाराबाट ८ महिनामा २ हजार ६ सय लाइसेन्स नेपालीकरण भएका थिए। सोमध्यै अधिकांश विदेशी लाइसेन्स नक्कली कागजपत्रका आधारमा नेपालीकरण गरिएको थियो। जसमा करिव १० करोड रुपैयाँ घुस लेनदेन भएको विभागकै आन्तरीक छानबिनमा खुलिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *