‘तयार बस्नुस्, आगो लाग्दैछ’–बसन्त सापकोटा

कोहलपुर, भदौ १२,

म्यूजिक भिडियो निर्देशक बसन्त सापकोटाले सबैजना तयारी अवस्थामा रहन र आफूहरु आगो लिएर आउन लागेको बताएका छन् । केहि दिनअघि आफूहरुले तयार गर्न लागेको म्यूजिक भिडियोको व्यानर सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा पहिलो पटक आगो सम्बन्धि गीत तयार भएको छ । आगो सम्बन्धि गीतको म्यूजिक भिडियो केहि दिनमै सार्वजनिक हुने तयारी अवस्थामा रहेको निर्देशक सापकोटाले बताए ।

उनले सो म्यूजिक भिडियो हालसम्म नेपालमा बनेका अरु म्यूजिक भिडियोभन्दा बिल्कुलै फरक रहेको बताएका छन् । म्यूजिक भिडियोको छायांकनको सबै काम सकिएर सम्पादनको अन्तिम चरणमा रहेको हुँदा अझै केहि दिन पर्खन सबैलाई आग्रह पनि गरेका छन् ।

किशोर कुमार भट्टराईको शब्द, चन्दन श्रेष्ठको संगीत तथा किरण कँडेलको एरेन्जमा तयार भएको गीतमा गायक यमन श्रेष्ठको स्वर रहेको छ ।

मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । सो म्यूजिक भिडियो राम कुमार के.सी.ले छायांकन गरेका हुन भने सिलन लम्साल मार्फत सम्पादनमा आफूहरु जुटेको निर्देशक सापकोटाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *