च्याम्पियन्स लिग फुटबलको उपाधि बायर्न म्युनिखलाई

कोहलपुर, भदौ ८,

जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । स्टुडियो डाक्टर लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गर्नुभएको थियो ।

यससँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *