डा.पुष्पा चौधरी स्वास्थ्य सचिवमा नियुक्त

१३ पौष, २०७४
काठमाडौं  : सरकारले स्वास्थ्य सचिवमा डा.पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा.विनोदमान श्रेष्ठ तथा डा.सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । डा.चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।

डा.किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरिँयतामा पहिलो नम्बरमा रहेकी डा.पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *